नेपाली चलचित्र ‘लाज शरणम्’ क्रोएसियामा अप्रिल २०, तारीख प्रदर्शन हुने

नवराज तामाङ
नवराज तामाङ
105 Shares
सेस्भेते, क्रोएसिया

नेपाली चलचित्र ‘लाज शरणम्’ आगामी अप्रिल २०, तारीख क्रोएसियामा प्रदर्शन हुने भएको छ । चलचित्र क्रोएसियाको सेस्भेतेस्थित नेशनल युनिभर्सिटीमा प्रदर्शन हुने हो ।

नेपाली कला, संस्कृति र चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखेर ‘लाज शरणम्’ लाई बुद्ध मार्ट कोएसियाले प्रदर्शन गर्न लागिएको जानकारी दिए । ‘लाज शरणम्’ हास्यप्रधान सामाजिक व्यङ्ग्यमा आधारित चलचित्र हुन् ।

‘लाज शरणम्’ हेर्न १० युरोको टिकट लाग्ने आयोजकले बताए । आयोजक अनुसार एभरेस्ट म:म, बुद्ध मार्ट, थोमस बार, थकाली हाउस, हिमालयन करी, काठमाडौं मार्ट, मार्केट बास्केट लगायतमा टिकट उपलब्ध छन् ।

चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), सागर लम्साल, विजय बराल, माला लिम्बु र मुकुन्द श्रेष्ठको दमदार अभिनय रहेका छन् । चलचित्रले सामाजिक यथार्थ, हास्यव्यंग र मानवीय संवेदनालाई समेट्दै नेपालमा दर्शकको मन जित्न सफल भएको छ ।

यस चलचित्रको प्रदर्शनले नेपाली समुदाय र क्रोएसियाली दर्शकहरूबीच सांस्कृतिक आदानप्रदानको अवसर हुनेछ । बुद्ध मार्ट क्रोएसियाद्वारा संचालित यस कार्यक्रममार्फत नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास हुनेछ ।

क्रोएसियामा रहेका नेपाली समुदायले नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सहयोग गरिरहेको सन्दर्भमा यो चलचित्रको प्रदर्शन थप एउटा सकारात्मक पहल हुने अपेक्षा गरिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया