रसुवा। राष्ट्रिय संगीतकर्मी संघ रसुवाको चौथो जिल्ला अधिवेशनबाट सुमन घले अध्यक्ष निर्वाचित भएका छन्। बैशाख १ गते गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुवेसीमा आयोजित अधिवेशनले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।
घलेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा कान्छा लामा तामाङ, प्रथम उपाध्यक्षमा पाल्मो तामाङ, उपाध्यक्षमा राम तामाङ, महिला उपाध्यक्षमा कारसाङ डोल्मा तामाङ रहेका छन्। सचिवमा डोल्मा लोप्चन र बुद्धिमाया तामाङ, सहसचिवमा शान्ति कुमारी घले, कोषाध्यक्षमा पासाङ फेल्मो तामाङ, सहकोषाध्यक्षमा म्हेन्दो घले र प्रवक्तामा घनबहादुर तामाङ सर्वसम्मत रूपमा चयन भएका छन्।
सदस्यमा संगम तामाङ, ल्हावङ मेन्दो तामाङ र छेवाङ सेनाम तामाङ रहेका छन्।
अधिवेशन राष्ट्रिय संगीतकर्मी संघ रसुवाका निवर्तमान अध्यक्ष पाराङमा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
अधिवेशनको अवसरमा चलचित्रकर्मी र विभिन्न सञ्चार माध्यममा कार्यरत कर्मीहरूलाई सम्मान गरिएको थियो।