रसुवामा राष्ट्रिय पत्र वितरण पालिकाबाट, विवरण संकलन प्रशासन कार्यालयबाट हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
धुन्चे, रसुवा

जिल्लामा वैशाख २ गतेदेखि सम्बन्धित पालिका तथा वडा केन्द्रहरूबाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण र विवरण जिल्ला प्रशासन कार्यालयबाट संकलन गरिने भएको छ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा २०८१ चैत २९ र ३० गते जिल्लाका सबै स्थानीय तहका एमआईएस अपरेटर र सूचना प्रविधि अधिकारीहरूलाई परिचयपत्र सम्बन्धी अभिमुखीकरण तालिम दिइसकेको छ।

तालिम पश्चात् स्थानीय तहबाट नै परिचयपत्र वितरण गर्ने तयारी पूरा भएको उनले बताए।

वैशाख २ देखि नागरिकले आफ्नो सक्कल नेपाली नागरिकता प्रमाणपत्र, आवेदन फर्म लिएर सम्बन्धित पालिका वा वडा केन्द्रमा उपस्थित भई परिचयपत्र प्राप्त गर्न सक्ने छन्। साथै, जिल्ला प्रशासन कार्यालयले नयाँ आवेदनको विवरण संकलन कार्य निरन्तर रूपमा जारी राख्ने पौडेलले स्पष्ट पारे।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया