प्रख्यात गायक तथा अभिनेता प्रविन्स् मोक्तानको नयाँ नेपाली गीत ‘नाचिदेउ सोल्टिनी’ सार्वजनिक भएको छ ।
‘नाचिदेउ सोल्टिनी’ गीतको गीतकार कुमार स्याङ्बा हुन् भने संगीत, गायन र मोक्तानको आफ्नै रहेको छ। यस गीतको संगीत संयोजन शुक्र दोङ तामाङले गरेका छन् भने मिक्सिङ दिपेश प्रधानले गरेका छन्।
गीतको म्युजिक भिडियोमा माया थोकर तामाङ र सिङबहादुर तामाङको अभिनय रहेको छ। भिडियोको निर्देशन, छायांकन, सम्पादन, कलर ग्रेडिङ र कोरियोग्राफी कबिन योन्जन तामाङले गरेका छन्। नगरकोट, कार्तिके डाँडा, लमीडाँडा, सालीनदी, गैरीगाउँ र चाँगुनारायण नगरपालिकाका मनोरम दृश्यहरूमा छायांकन गरिएको छ।
‘सेलो गायक’को रूपमा चिनिने मोक्तानले पप सेलो शैलीमा २० देखि २२ वटा गीत गाइसकेका छन् । उनले ‘मायाँला छो’, ‘च्याङ्वा’, ‘सेम्ला दुङ्ला’, ‘मयुङ’, ‘वुरिङ’ लगायत धेरै तामाङ चलचित्रहरूमा नायकको भूमिका निर्वाह गरेका छन्।
यसअघि उनको गीत ‘चिसो चिसो हावाचल्छ’ले ठूलो सफलता पाएको थियो। नयाँ वर्षको शुभअवसरमा सार्वजनिक गरिएको ‘नाचिदेउ सोल्टिनी’ले पनि दर्शक र श्रोताहरूको मन जित्ने अपेक्षा गरिएको छ।
तामाङ समुदायको संस्कृति र परम्परालाई उजागर गर्ने यस गीतले दर्शकहरूबीच ठूलो उत्साह पैदा गरेको छ।