राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले नागरिक अधिकार संकुचित गरिएको आरोप लगाउँदै आगामी वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि यो घोषणा गरेका हुन्।

लिङ्देनले सरकारले नागरिक स्वतन्त्रतालाई दमन गर्दै लगेको आरोप लगाउँदै, ‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ, त्यसको विरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं’ भने। उनले वैशाख ७ मा सभाभन्दा प्रदर्शनको रूपमा आन्दोलन अगाडि बढाउने बताए।

यसैगरी, पार्टीले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे आन्दोलन चर्काउने चेतावनी पनि दिएको छ। राप्रपाले विशेष समितिको बैठक बसी थप कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ।

यो कार्यक्रम सरकारले तोकेको निषेधित क्षेत्रमा सम्पन्न हुने भएकाले यसले सुरक्षा निकायसँग टकराव निम्त्याउन सक्ने देखिन्छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका