सुनको मूल्यमा सामान्य गिरावट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौँ

सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा आठ सय रुपैयाँले घटेको छ ।
आज सुन प्रतितोला एक लाख ८९ हजार छ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी एक हजार नौ सय ६० रुपैयाँमा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका