सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकार :ओली

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
चितवन
इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोह चितवन, ५ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायत शुक्रबार चितवनको इच्छाकामना गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहमा सहभागी हुनुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज यहाँ एक समारोहकाबीच उद्घाटन गरेको छ । चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको प्रशासकीय भवन ३० करोड ९० लाख रुपैयाँमा निर्माण भएको हो ।

प्रधानमन्त्री ओलीले पालिकाको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वसहित देश र जनताका पक्षमा सरकार अहोरात्र क्रियाशील रहेको बताए ।

सो अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकार हल्लाका पछि नलागी विकासनिर्माणसहित सुशासन दिन प्रतिबद्ध रहेको बताए । नयाँ भवनमा कार्यालयको कामकाज सुरु भएपछि पालिकावासीलाई सोहीअनुसार सुविधा दिनुपर्नेमा जोड दिँदै उनले जनताका काममा ढिलासुस्ती नगरी सेवा प्रवाह गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकीय सम्भावना बोकेको इच्छाकामना गाउँपालिकाले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने प्रधानमन्त्रीको सङ्कल्पअनुसार काम गरिरहेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले प्रशासकीय भवन तीन करोड ९० लाख रुपैयाँमा सम्पन्न भएको जानकारी दिए । उनका अनुसार सङ्घीय सकार, जिल्ला समन्वय समिति चितवन र गाउँपालिकाको संयुक्त लगानीमा भवन निर्माण सम्पन्न भएको हो । सो अवसरमा पूर्वजनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका