बौद्ध धर्मगुरू लामा ङावाङ तेन्पी ङिमा रिन्पोछे (गोसार टुल्कु)को आज असमायिक निधन भएको छ। टुल्कुको ८० वर्षको उमेरमा नागार्जुन नगरपालिका–१ रानीवन काठमाडौँ स्थित आफ्नै निवासमा निधन भएको हो ।
भोटेकोशी गाउँपालिका–१ बागाङ सिन्धुपाल्चोक स्थायी घर भएका टुल्कु रानीवन काठमाडौँमा बस्दै आएका थिए। लामाको एक छोरा र तीन छोरी छन्। उनको शव सात दिनपछि आफ्नै पुर्ख्यौली थलो सिन्धुपाल्चोक बागाङमा अन्तिम संस्कारका लगिने रानीवन निवासी पुण्यबज्र लामाले जानकारी दिए।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1