नेकपा एमाले शैलुङ गाउँपालिका वडा नं. २ मा ९ टोल कमिटी गठन, २०८४ को जितका लागि जरा अभियान सक्रिय

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
518 Shares
दोलखा

नेकपा एमाले शैलुङ गाउँपालिका वडा नं २ भुसाफेदामा ९ वटा टोल कमिटी गठन गरिएको छ । शनिबार सम्पन्न जरा अभियानमार्फत २ नं वडाका जेष्ठ कम्युनिष्ट मञ्च, राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघका कमिटी लगायत ९ वटा टोल कमिटी गठन गरी शपथ ग्रहण गराइएको थियो।

नयाँ कमिटीलाई पालिका कमिटी अध्यक्ष भरतप्रसाद ढुङ्गेलले शपथ गराएको थियो।

शैलुङ गाउँपालिका वडा नं. २ द्वारा आयोजित विशाल सभालाई पार्टीका पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज तथा पूर्व मन्त्री पार्बत गुरुङले सम्बोधन गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै इन्चार्ज गुरुङले जरा अभियानले एमालेको संगठनको टोलटोलसम्म पुगेर संगठनलाई मजबुद बनाउन सहयोग पुगेको बताएका छन् ।

यसैगरी एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले एमालेको देशभर चलिरहेको जरा अभियानले पार्टी कमिटीलाई एकाकृत बनाएर २०८४ को चुनावमा एमाले पहिलो पार्टी बनाउने अभियान रहेको बताए ।

यसैगरी जिल्ला कमिटी सचिवालय सदस्य एवं जरा अभियान संयोजक थिरबहादुर मोक्तानले सभालाई सम्बोधन गर्दै अघिल्ला चुनावमा व्यहोरेको हारको नतिजालाई सकरात्मक लिँदै आगामी निर्वाचनमा स्थानीय तहमा जित सुनिश्चित बनाउन यो अभियानको सार्थकता रहेको बताए ।

उक्त कार्यक्रममा पार्टीका संस्थापकहरू, आमा समूहका अध्यक्ष, स्वयंसेविका, उच्च ओहोदामा पुगेका राष्ट्रसेवक कर्मचारीहरू, कलाकार, खेलाडीहरूलाई सम्मान गरिएको थियो।

यस्तै पालिका कमिटी अध्यक्ष भरतप्रसाद ढुङ्गेलले अबको २०८४ को चुनावमा एमालेले जित निकाल्न सुनिश्चित बनाउन यो अभियान र गठित कमिटीहरुको भूमिका रहने बताए ।

यस्तै सभालाई वडा अध्यक्ष तिर्थबहादुर श्रेष्ठ लगायत नेताहरुले सम्बोधन गरिएको थियो ।

यसैगरी आयोजक कमिटीका सभाध्यक्ष एवं वडा कमिटी अध्यक्ष सुकमान तामाङले कार्यक्रमलाई भव्य, उत्कृष्ट र अनुकरणीय बनाउन सहयोग गर्ने पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरू प्रति आभार व्यक्त गरिएको छ।

एमालेको ३ महिने जरा केन्द्रित अभियान सफल बनाउन जनतासँग भेटघाट अभियानको कार्ययोजना कार्यशालाले बनाएको थियो । पार्टीले तय गरेका कार्ययोजनालाई जनताका आवश्यकता, अपेक्षा र समस्याहरू समाधानका दृष्टिबाट पार्टीका आन्तरिक र बाहिरी पक्षसँग सहकार्य गर्दै जरा अभियानलाई दोलखामा प्रभावकारी र रचनात्मक ढङ्गले सञ्चालन गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

पत्रपत्रिका