सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
काठमाडौँ

सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार तोलामा एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका