आमाछोदिङमले जित्यो चौथो गोसाइकुण्ड गाउँपालिका कप

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
28 Shares
रसुवा

जलविद्युत, पर्यटन, रसुवागढी नाकाका पूर्वाधार र शिक्षा, स्वास्थ्य र समृद्धि गोसाइकुण्ड लाङटाङ हाम्रो सदिक्षाू भन्ने नारासाथ सम्पन्न ३० औँ वन्यजन्तु सप्ताह, चौथो गोसाइकुण्ड गाउँपालिका कप र १३ औँ रेडपाण्डा ट्रफी प्रतियोगिताको उपाधि टिम आमाछोदिङमाले हात पारेको छ।

यसै प्रतियोगिताको उप(विजेता ९द्वितीय० टिम रसुवाली पारच्याङ युवा क्लब रहेको छ भने तेस्रो स्थानमा टिम नौकुण्ड र टिम लाहुरे ठाडे उब्जिए। प्रतियोगिताको विजेतालाई २ लाख ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो स्थानले १ लाख ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र तेस्रो स्थानका दुवै टिमलाई ७५/७५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

बैशाख ३ देखि ७ गतेसम्म रसुवा जिल्लामा आयोजना गरिएको यस खेलकुदले जैविक विविधता, रेडपाण्डा संरक्षण, वन्यजन्तु संरक्षणलगायत आन्तरिक र बाह्य पर्यटनको विकासमा योगदान पु¥याउने आयोजक टिमले बताएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइकुण्ड गाउँपालिका र लाङटाङ क्षेत्र सरोकार समाज ल्याकोसको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रमले स्थानीय पर्यटन र खेलकुद संस्कृतिलाई अघि बढाएको छ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका