गण्डकी पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग गर्ने भएको छ । यसका लागि महानगरपालिकाले १२ लाख ३९ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
महानगरपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गरी घाँसखेती प्रवद्र्धन गर्ने उद्देश्यका साथ चार वर्षयता जै घाँस लगाउने किसानलाई सहयोग गर्दै आएको महानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा अशेषराज विकले जानकारी दिए । उनीका अनुसार यस वर्ष कुल एक हजार ९४२।४ रोपनी क्षेत्रफलमा प्रतिरोपनी ६३८ रुपैयाँ दरले जै घाँसखेती लगाउने १७८ किसानलाई रकम गरिने भएको छ ।
यसअन्तर्गत बीउका लागि पाँच लाख ५९ हजार रुपैयाँ र खनजोतका लागि छ लाख ७९ हजार रुपैयाँ विनियोजन गरिएको प्रमुख डा विकले बताए।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1