मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
हेटौँडा

मकवानपुर बिहीबारे हेटौँडा नारायणगढ सडकखण्ड अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्युभएको छ ।

गएराति मनहरीबाट सुनाचुरीतर्फ गइरहेको बा६२प १११४ नंको मोटरसाइकलले अन्दाजी ६० वर्षीया महिलालाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते ती महिलालाई प्रहरीले उद्धार गरी हेटौँडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको सनाखत नभएको र मोटरसाइकल चालक ३२ वर्षीय मन्सु गुरुङलाई मनहरी गाउँपालिका–६ प्रतापपुरस्थित घरबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका