कफी क्लब च्यारिटी फुटसल शनिबार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौँ

कफी क्लबको आयोजनामा तेस्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ३४ तथा महिलामा १० टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष शैलेश लिम्बूले जानकारी दिए । नकआउट आधारमा हुने प्रतियोगिताको प्रत्येक खेल १५ मिनेटको हुनेछ ।
पुरुष र महिला दुवैमा पहिलो हुनेले २५ हजार रुपैयाँ तथा दोस्रो हुने टोलीले  १२ हजार रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ ।
प्रतियोगिताबाट सङ्कलित रकमबाट एक जना विपन्न परिवार वा जेहेन्दार विद्यार्थीलाई  ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने आयोजकले जनाएको छ । एकदिने प्रतियोगिताका खेल सुनाकोठीस्थित वाखत फुटसलमा खेलाइने छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका