बहराइनमा भाग्यशाली चिट्ठाबाट सिता विकले जितिन् १५ लाख पुरस्कार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
322 Shares
बहराइन

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी बहराइनको आयोजनामा श्रमिक राहत कोष सहयोगार्थ भाग्यशाली चिट्ठा कार्यक्रम अन्तर्गत प्रथम पुरस्कार विजेता सीता बिकलाई १५ लाख रुपैयाँको पुरस्कार हस्तान्तरण गरिएको छ ।

२५ अप्रिल २०२५ शुक्रवार मुस्कान नेपाली रेस्टुरेन्ट, बहराइनमा कार्यक्रम आयोजना गरी चिट्ठा नम्बर ०८०४१ बाट प्रथम पुरस्कार विजेता बिकलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाद्वारा विजेता विकलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, उपसचिव तथा प्रचारप्रसार प्रमुख चानक पोखरेल, सदस्य तथा मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाईँ, श्रम तथा रोजगार विभाग प्रमुख तथा बहराइन–कुवेत इन्चार्ज सालिकराम पन्त, आर्थिक विभाग प्रमुख सुरेन्द्र थपलिया, र मध्यपूर्व संयोजक प्रकाश कोइरालाको पनि उपस्थिति थियो।

भर्चुअल माध्यमबाट विभिन्न महादेश तथा तहबाट जोडिएका अन्तर्राष्ट्रिय कमिटीका प्रतिनिधिहरूले पनि विजेता सीता बिकलाई बधाई तथा शुभकामना दिएका थिए।

कार्यक्रममा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी बहराइनका तर्फबाट समेत उल्लेख्य उपस्थिति रहेको थियो। सल्लाहकार परिषद् अध्यक्ष हरि श्रेष्ठ, पर्यटन प्रवर्द्धन विभाग प्रमुख अच्युत तिमिल्सिना, पूर्व महासचिव तथा रिटर्नि फेडेरेशन नेपालका पूर्व उपाध्यक्ष काजी थापा, अध्यक्ष चन्द्र गुरुङ, उपाध्यक्ष थोमस कुलुङ, उपाध्यक्ष वीरेन्द्र बुढाथोकी, सचिव सन्तोष थापा मगर, उपसचिव सुशील गेलाल, आर्थिक विभाग प्रमुख एलभी कटुवाल, महिला विभाग प्रमुख रुपा रावत, श्रम विभाग प्रमुख विमल थापा मगर, सदस्यहरू सागर राई र रिदम राज लगायतका व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन सचिव सन्तोष थापा मगरले गरिएका थिए भने अध्यक्ष चन्द्र गुरुङले सबैलाई धन्यवाद दिँदै विजेतालाई बधाई दिएका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका