डिजे स्काजी क्रोएसियामा, ‘जेम्सी नाइट’ आइतबार

जेम्सी पनि आजै आउने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
1260 Shares
जाग्रेब, क्रोएसिया

डिजे स्काजी (skazi)शनिबार क्रोएसिया आइपुगेको छ । डिजे (skazi) अप्रिल २७ तारीख आइतबार जाग्रेबको (Tvornica Kulture) हुन गइरहेको ‘जेम्सी नाइट’ कन्सर्टको लागि आएको हो ।

कार्यक्रममा (skazi)को डिजेमा चर्चित र्‍यापर गायक (नोबल बस्नेत) उर्फ जेम्सीले आफ्ना चर्चित र्‍याप गीतहरू प्रस्तुत गर्नेछन् ।त्यस्तै डिओपी (DOP) ब्यान्ड र स्थानीय कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई अझ बढी रोमाञ्चक बनाउने दाबी आयोजकले गरे ।

चर्चित र्‍यापर जेम्सी पनि आजै आइपुग्ने कार्यक्रमका मेनेजर बुद्ध लामाले बताए । उनका अनुसार र्‍यापर हाल सांगीतिक भ्रमणका लागि युरोपमा छन् ।

जाग्रेबको (Glavni colodvor) नजिकै रहेको (improtanne) भित्र चाँडै सञ्चालनमा आउन लागेको सुपर सप मुख्य प्रायोजक रहेको ‘जेम्सी नाइट’ थोमस बार र सगरमाथा होस्टेल आयोजकका रूपमा रहेका छन् । आयोजकका अनुसार टिकट २० युरो तोकिए बताए । त्यस्तै बिशिस्ट श्रेणी (भीआईपी) का लागि भने ४० युरो तोकिएको आयोजकको भनाई छ ।

कार्यक्रमका आयोजकहरूसँग गरिएको विशेष अन्तर्वार्तामा क्रोएसियामा नेपाली सांगीतिक कार्यक्रमको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरेका छन् । आयोजकहरूका अनुसार कार्यक्रमलाई भव्य बनाउन व्यापक प्रचारप्रसार गरिएको छ र सहभागीहरूको उत्साह पनि उच्च देखिएको छ।

आयोजकहरूले टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत प्रचारप्रसारलाई तीव्र बनाएका छन्, जसले कार्यक्रमप्रति आकर्षण झनै बढाएको छ ।

आयोजकले सम्पूर्ण नेपाली समुदाय र संगीतप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई जेम्सीको प्रत्यक्ष र्‍याप प्रस्तुति तथा सांगीतिक रमाइलो लिन अनुरोध गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका