नेपाल फेस्टिभल २०२५ युएईमा गायक रोज मोक्तानको प्रस्तुति रोकिएकोप्रति आपत्ति, आयोजकले देखाए प्राविधिक समस्या र समयसीमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
3.2k Shares
काठमाडौं

एनआरएन एनसीसी (नेपाल एसोसिएसन) यूएईको आयोजनामा नेपाल फेस्टिभल २०२५ मा गायक रोज मोक्तानले गीत प्रस्तुत गर्न नदिएकोमा आपति जनाएको छ ।

तामाङ कलाकार संघले प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै यो घटना निन्दनीय रहेको बताएका छन् । उक्त कार्यक्रमको लागि नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरू सबैले आफ्ना सांगितिक प्रस्तुतीहरू सहज रुपमा राख्न पाएको तर हाम्रो संस्थाको संस्थापक उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बरिष्ठ गायक तथा संगितकार रोज मोक्तानले आफ्नो प्रस्तुतीहरू राख्न नपाएकोप्रति आपति जनाएका छन् ।

संघका महासचिव खेम मोक्तानद्धारा हस्ताक्षरित बिज्ञप्तिमा लेखेका छन्,‘आमन्त्रित धेरै राष्ट्रिय कलाकारहरू मध्येका एक बरिष्ठ तथा लोकप्रिय गायक तथा संगितकार रोज मोक्तान जस्ता व्यक्तित्वलाई कार्यक्रमको तालिका सम्बन्धी कुनै जानकारी नदिनु र प्रस्तुति कति बेला आउछ भनि पटक पटक सोध्दा “एक छिन पछि आउछ मात्र भनी जवाफ दिनु, कार्यक्रम आयोजकको गैर जिम्मेवारीपन र व्यवस्थापकीय अत्यन्तै कमजोरी भएको देखिन्छ ।’

गायक एवं सङ्गीतकार मोक्तानले सामाजिक सञ्जालमार्फत आफूलाई आयोजकले हजारौंको संख्यामा उपस्थित दर्शकहरू, श्रोताहरू तथा शुभेच्छुकहरूले गीत गाउन नदिएकोमा गुनासो गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, दुबाई स्थित यहि अप्रील २० तारीख सम्पन्न Nepal Festival २०२५ कार्यक्रममा मैले आफ्नो गीत संगीत प्रस्तुत गर्न नपाउनु मलाई कुनै आपती र गुनासो छैन तर मेरो गीत संगित र मेरो प्रस्तुतिलाई हेर्न र सुन्न आउनु भएका मेरा हजारौं दर्शक स्रोता शुभचिन्तक आफन्त ईष्टमित्रहरु पनि मेरो प्रस्तुति हेर्न र सुन्न अन्तिम सम्म बस्नु भयो तर मेरो प्रस्तुति नभए पछि निरास भएर बध्यतावस फर्किनुभयो त्यो बेला चाहि मलाई पनि अत्यान्तै दुखित र अपमानित भएको महसुस भयो ।’

यसैगरी तामाङ समाज यूएईले पनि बिज्ञप्ति जारी गरी यस घट्नाबाट यूएईमा बसोबास गर्ने तामाङ समुदाय मात्र नभई फेस्टिवलमा उपस्थित हजारौं दर्शकहरू पनि निराश र दुखित भएको हुदाँ आयोजक संस्थाले यो बिषयमा आफ्नो धारणा सार्वजनिक गर्नहुन र आगामी दिनहरूमा यस्तो घटना नदोहोरिने प्रतिवद्धता जाहेर गर्नको लागि जोड्दाड ढंगले माग गरेका छन् ।

यसैगरी नेपाल फेस्टिवल २०२५ का आयोजक संस्थाका संयोजक एवं नेपाल एसोसिएसन–एनआरएनए एनसीसी, यूएईका अध्यक्ष विकास शाहीले हामीसँगको सम्पर्कमा कार्यक्रम एकदम सभ्य र भव्य भयो । तर त्यही घटनाले दुखी बनाएको बताएका छन् ।

उनले भने,‘कार्यक्रममा सोचेभन्दा बढी दर्शकको उपस्थित रह्यो । यहाँका स्थानीय प्रशासनले समयसीमा भन्दा ४५ मिनेट अगाडि कार्यक्रम बन्द गर्न लगाउँदा उहाँले गीत गाउन नपाएको हो । गायक रोज मोक्तान स्टेजमा चढ्नेवित्तिकै कार्यक्रम बन्द गर्न लगायो । जति हरगुहार गर्दा पनि केही सीप लागेन । मैले भने ५ मिनेट गीत गाउन दिनु भन्दा पनि नसुनेपछि उहाँले गीत गाउन नपाएको हो ।’

‘टेक्निकल त्रुटि भएको स्वीकार्दै गायक रोज मोक्तान स्टेजमा चढेर माइक पनि हातमा पुगिसकेको थियो तर प्राविधिक रुपमा समस्या आएपछि हामीले पनि केही गर्नै सकिएन । यो कानुनले बाँधिएको परदेशमा हाम्रो केही सीप लाग्दोरहेनछ । आयोजक एकदम दुखी छु । उहाँप्रति क्षमा चाहन्छु’, आयोजकले भनेका छन् ।

दुवईमा भएको कार्य्रक्रमहरुमध्ये यही कार्यक्रममा ४५ हजारभन्दा माथि दर्शक भएको कार्यक्रम हो । यो नै अहिलेसम्मका उत्कृष्ट कार्यक्रम थियो र भयो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

पत्रपत्रिका