सोक्ला भ्यालीमा रोमाञ्चक रक क्लाइम्बिङ वैशाख २० देखि हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
चरिकोट, दोलखा

चरिकोट । सोक्ला भ्यालीमा रक क्लाइम्विङ महोत्सव तथा प्रतियोगिता २०८२ हुने भएको छ । दोलखाको भीमेश्वर नगरपालिका २ स्थित रक क्लाईम्विङ महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागेको हो ।

सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा ‘एडभेन्चर क्लाइम्बिङ हव’ को रूपमा सोक्ला भ्यालीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ दुई दिने महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र विभिन्न स्थानीय तहको सहकार्यमा वैशाख २० र २१ गते रक क्लाइम्विङ महोत्सव हुन लागेको पर्यटन समाजका अध्यक्ष पाख्रिनले जानकारी दिए ।

‘साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले सोक्लामा रक क्लाइम्बिङ सुरू गरिएको हो’, समाजका अध्यक्ष पाख्रिनले भने, ‘सोक्ला र चक्पा क्षेत्रमा पर्ने गुमडाँडाको भीर ४२० मिटरको पहाड हो। यही प्राकृतिक चटानमा रक क्लाईम्विङ गन्तव्यको विकास गर्न महोत्सव आयोजना गरेका छौं ।’ सोक्ला र चक्पाको भीरमा आयोजना गरिने रक क्लाइम्बिङको लागि २५/२५ मिटरको दुई वटा सिंगल पिचको रक रुट तयार गरिएको छ । यसवर्ष रक रुट सय मिटरको उचाईमा पुर्याउने लक्ष्य रहेको पर्यटन विकास समाजले जनाएको छ ।

सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दुरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिकरूपमा समेत महत्वपूर्ण रहेको छ । सोक्ला गाउँ विशेषगरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरिशंकर शृंखलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध छ ।

महोत्सवका लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालले प्राविधिक पक्षको संयोजन गरेका छन् । रक क्लाइम्बिङ उद्घाटन समारोहमा स्थानीय झाँकि, ताम्बा, झाँक्री, मारुनीसँगै पञ्चै बाजाको समेत प्रस्तुती रहने छन् । कार्यक्रममा हिमाल आरोही, स्काउट, नेपाल आमी, शसस्त्र प्रहरी, नेपाल प्रहरीसँगै पर्यटक प्रहरीको समेत सहभागीता रहेन छ । साथै पर्यटन संघ, संस्थाको समेत सहभागीता रहने आयोजकले जनाएको छ ।

रक क्लाइम्विङ प्रतियोगिता रक क्लाइविङ महोत्सवमा झण्डै तीन सयको सहभागिता रहने अपेक्षा गरिएको छ । यस अवसरमा रक क्लाइम्बिङ प्रतियोगिता समेत गराइने छ । प्रतियोगितमा सहभागी हुने आरोहीले एक हजार शुल्क तिर्नुपर्ने छ । प्रतियोगितामा सहभागी हुनेले नगद पुरस्कारसहित प्रमाणपत्र पाउनेछन् ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका