नेपाली र्यापर जेम्सी (नोबेल बस्नेत ) शनिबार क्रोएसिया आइपुगेका छन् । उनलाई क्रोएसियाको अन्तर्राष्ट्रिय विमानस्थलस्थित आयोजक टोलीले भव्य स्वागत गरेको छ । ‘जेम्सी नाइट’ लागि आएका र्यापर जेम्सीलाई आयोजकले फूलको गुच्छाले स्वागत गरेका हुन् ।
जेम्सीले क्रोएसियामा आइतबार साँझ ५ बजे विशेष सांगीतिक कार्यक्रममा प्रस्तुत हुनेछन् । कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा डिजे स्काजी (skazi), डिओपी (DOP) ब्यान्ड र अन्य कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई अझ बढी रोमाञ्चक बनाउने छन् ।
डिजे स्काजी पनि शनिबारनै आइसकेको कार्यक्रमका मेनेजर बुद्ध लामाले बताए । मेनेजरका अनुसार र्यापर जेम्सी भने हाल सांगीतिक भ्रमणका लागि युरोप छन् ।
जाग्रेबको (Glavni colodvor) नजिकै रहेको (improtanne) भित्र चाँडै सञ्चालनमा आउन लागेको सुपर सप मुख्य प्रायोजक रहेको ‘जेम्सी नाइट’ थोमस बार र सगरमाथा होस्टेल आयोजकका रूपमा रहेका छन् ।
आयोजकका अनुसार टिकट २० युरो तोकिए बताए । त्यस्तै बिशिस्ट श्रेणी (भीआईपी) का लागि भने ४० युरो तोकिएको आयोजकको भनाई छ । टिकट कन्सर्ट हलमा उपलब्ध हुने मेनेजर लामाले जनाए ।
कार्यक्रमका आयोजकहरूसँग गरिएको विशेष अन्तर्वार्तामा क्रोएसियामा नेपाली सांगीतिक कार्यक्रमको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरेका छन् । आयोजकहरूका अनुसार कार्यक्रमलाई भव्य बनाउन व्यापक प्रचारप्रसार गरिएको छ र सहभागीहरूको उत्साह पनि उच्च देखिएको छ।
आयोजकहरूले टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत प्रचारप्रसारलाई तीव्र बनाएका छन्, जसले कार्यक्रमप्रति आकर्षण झनै बढाएको छ ।
आयोजकले सम्पूर्ण नेपाली समुदाय र संगीतप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई जेम्सीको प्रत्यक्ष र्याप प्रस्तुति तथा सांगीतिक रमाइलो लिन अनुरोध गरेका छन् ।
थप यो पनि
डिजे स्काजी क्रोएसियामा, ‘जेम्सी नाइट’ आइतबार
र्यापर जेम्सी क्रोएसिया आउँने