एनसिई नेपालले बुझायो प्रमुख सचेतकलाई ज्ञापनपत्र

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौँ

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ पूर्ण कार्यान्वयन गर्नुपर्ने मागसहित विभिन्न राजनीतिक पार्टीका प्रमुख सचेतकलाई ज्ञापनपत्र बुझाएको छ ।

एनसिईका प्रतिनिधिमण्डलले आज सिंहदरबारमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एमाले) का प्रमुख सचेतक श्याम घिमिरे, हितराज पाण्डे र महेश बर्तौलालाई ज्ञापनपत्र बुझाएको हो ।

नेपालको संविधान २०७२ को धारा ३१ (२) ले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भनी सुनिश्चित गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको एनसिई नेपालले जनाएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “संविधानको अनुसूची ८ को एकल अधिकारबमोजिम स्थानीय सरकारले विद्यालय शिक्षाको दायित्व र जिम्मेवारी कार्यान्वयन गर्दै आएका छन्, तसर्थ माध्यमिक तह सम्मको शिक्षा स्थानीय सरकारको दायित्व हुने गरी संविधानले गरेको वर्तमान व्यवस्था नै अग्रगामी र उत्कृष्ट प्रावधान भएकाले यसैबमोजिम ऐन जारी होस् भन्ने चाहन्छ ।”

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका