स्पेन, पोर्चुगल र बेल्जियममा अचानक गएको बत्ती पुनः सुचारु, नागरिकले राहतको महसुस

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
154 Shares
जाग्रेब, क्रोएसिया

स्पेन, पोर्चुगल र बेल्जियमका विभिन्न क्षेत्रमा सोमबार अचानक बत्ती गायब भएपछि लाखौं मानिस प्रभावित भएका थिए । युरोपियन विद्युत ग्रिड प्रणालीमा आएको अवरोधका कारण म्याड्रिड, बार्सिलोना, लिस्बन र पोर्टो लगायतका प्रमुख शहरहरू केही घण्टासम्म अन्धकारमा परेका थिए ।

स्थानीय समय अनुसार दिउँसो १२.३० बजेबाट स्पेन र पोर्चुगलको अधिकांश भागमा अचानक बत्ती गयो। यसले दक्षिणी फ्रान्स र इटालीका केही क्षेत्रहरूलाई पनि असर गर्‍यो । विद्युत अवरोधका कारण अस्पताल, यातायात, सञ्चार र इन्टरनेट सेवामा अस्थायी प्रभाव परेको थियो । त्यस्तै प्राविधिक टोलीहरूको सक्रिय प्रयासपछि अहिले अधिकांश क्षेत्रमा बत्ती पुनः सुचारु भइसकेको छ ।

स्पेनी ऊर्जा मन्त्रालयका अनुसार, समस्या ग्रिड प्रणालीमा देखिएको अस्थायी गडबडीका कारण भएको हो, जुन अहिले नियन्त्रणमा आइसकेको छ । पोर्चुगल सरकारले पनि यस्तै जानकारी दिँदै नागरिकहरूलाई धैर्य र सहयोगका लागि धन्यवाद दिएको छ ।

यस्तो ठूलो स्तरको विद्युत अवरोध पछिल्लो केही वर्षमा दुर्लभ मानिएको छ। यद्यपि, वर्तमान स्थितिमा बत्ती फर्किएपछि जनजीवन सामान्य अवस्थामा फर्किन थालेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका