क्रोएसियाबाट भाग्ने नेपालीहरू पाँच वर्षसम्म युरोप प्रवेशमा प्रतिबन्ध

नवराज तामाङ
नवराज तामाङ
4.3k Shares
जाग्रेब, क्रोएसिया

क्रोएसियामा काम गर्न आएका नेपाली कामदारहरूले अब नियम उल्लङ्घन गरेमा युरोप भरि गम्भीर प्रतिबन्धको सामना गर्नुपर्नेछ । पछिल्लो समय क्रोएसियाबाट अन्य युरोपेली देशहरू जस्तै इटाली, फ्रान्स, जर्मनी वा अन्य तर्फ कागजातबिनै जाने क्रम बढेपछि क्रोएसियाली अधिकारीहरूले कडा कारबाही थालेका छन् ।

क्रोएसियाको गृह मन्त्रालयका अनुसार, आफ्नो भिसा वा बसोबास सर्त उल्लङ्घन गर्ने कामदारहरूको विवरण शेन्जेन सूचना प्रणाली (SIS) मा पठाइन्छ । SIS EU सदस्य राष्ट्रहरूबीच साझा गरिएको एउटा डाटाबेस हो, जसमा आप्रवासन उल्लङ्घनकर्ताको विवरण राखिन्छ। एकपटक SIS मा नाम चढेपछि, सम्बन्धित व्यक्तिलाई पाँच वर्षसम्म सम्पूर्ण युरोप (शेन्जेन क्षेत्र) प्रवेश गर्न रोक लगाइन्छ ।

नेपाली कामदारलाई पर्ने असर

नेपालबाट वैध भिसा लिएर क्रोएसियामा काम गर्न गएका धेरै नेपालीहरू अन्य देश पुग्ने आशामा नियमविपरीत बाटो रोज्ने गरेको पाइन्छ । यस्तो बाटोले भविष्य नै बर्बाद पार्न सक्छ । त्यसैले तत्काललाई क्रोएसियामानै काम गरेर वैध कामदार भिसा लिएर युरोपेली देशहरू काम गर्न सकिन्छ ।

मुख्य जोखिमहरू:

  • वर्षसम्म सम्पूर्ण युरोप प्रवेशमा प्रतिबन्ध
  • देश निकाला र हिरासतको खतरा
  • कानुनी अधिकार वा सुरक्षा नपाउने
  • भविष्यमा क्यानडा, अस्ट्रेलिया वा युरोपेली देशहरूमा भिसा पाउन कठिनाइ
  • कालो बजारको काममा शोषण र ठगीको सिकार बन्ने सम्भावना

एक क्रोएसियाली अध्यागमन अधिकारीका अनुसार, “रोजगारदाता छोडेर कागजातविहीन रूपमा युरोपका अन्य देश जाने विदेशीहरू आप्रवासन अपराधमा संलग्न ठहरिन्छन् । यस्तो व्यक्तिलाई कानुनी प्रक्रिया बिना युरोपबाट निकाल्न सकिन्छ।”

सजग र सुरक्षित रहनुहोस्

मिलानका एक प्रहरी निरीक्षकले भने, “तपाईं केही समय लुकेर बस्न सक्नुहुन्छ, तर सधैं डरमा बाँच्नुपर्ने हुन्छ । एकपटक पक्राउ पर्नुभयो भने, तपाईंको सम्पूर्ण युरोप यात्रा सकिन्छ।”

नेपालीहरुले क्रोएसिया आउँदा आफ्नो सम्झौता, भिसा र नियमहरूको जानकारी लिनुपर्छ । साथै क्रोएसिया आइसकेपछि यहाँको नियमअनुसार बस्न र काम गर्नुपर्छ । त्यस्तै अवैध रूपमा अन्य देश जानु कानुनी रूपमा अवैध भएसँगै व्यक्तिगत रूपमा घातक हुन सक्छ । कुनै समस्या परेमा नजिकको नेपाली दूतावास वा कानुनी सल्लाहकारसँग जानकारी लिनुपर्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
4
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका