स्यस्यः समाज यलले यही बैशाख २० गते शनिबार ललितपुरमा आफ्नौ ११ औं पलिस्थाः(स्थापना) दिवस मनाउने भएको छ । सो अवसरमा समाजले विविध कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष नवीनमंगल जोशीले पत्रकार भेटघाटमा जानकारी दिए।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा समाजका एक जना प्रतिष्ठित व्यक्तिलाई सम्मान गरिने भएको छ ।
त्यसैगरी, उत्कृष्ट इलाका घोषणा गर्ने, १२ कक्षा अन्तर्गत विज्ञान, मानविकी तथा व्यवस्थापनमा उच्च अंक ल्याउने छात्र वा छात्रालाई छात्रबृत्ति प्रदान गरिने अध्यक्ष जोशीले जानकारी दिए ।
औपचारिक कार्यक्रम अघि विहान १० बजे मंगलबजारमा भेला भई सोही स्थानबाट ¥याली सुरु भई नगरको मुख्य मुख्य क्षेत्रको परिक्रममा गरी कार्यक्रम स्थल पुग्ने कार्यक्रम समेत रहेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1