क्रोएसियामा मे ४ तारीख ‘आउटल’ प्रदर्शन हुँदै, घोडे पार्कबाट निःशुल्क यातायात सेवा

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
875 Shares
जाग्रेब, क्रोएसिया

क्रोएसियाको सेस्भेतेस्थित नेसनल युनिभर्सिटी हलमा आइतबार मे ४ तारीख प्रदर्शन हुन गइरहेको नेपाली चलचित्र `आउट ल दफा २१९ ´ को हेर्नका लागि नि:शुल्क यातायात व्यवस्था गरेको आयोजकले जनाए । आयोजक पोइड हब डिजिटल र एसियन फेसन हबका अनुसारका जाग्रेबको मुटु मानिने (Glavni Kolodvor) घोडे पार्कबाट चलचित्र देखाइने हलसम्म एकतर्फी नि:शुल्क यातायात सेवा दिने भएको हो ।

आयोजकका अनुसार नि:शुल्क यातायात सेवाका लागि चलचित्रको टिकट देखाउन पर्ने वा हलमै टिकट खरिद गर्ने बताउनु पर्नेछ । आयोजकमध्येका पोइड हबका संचालक एवं युवा समाजसेवी गगन तामाङका अनुसार यसरी नि:शुल्क यातायातको व्यवस्था गरेको यो पहिलोपटक हो । उनका अनुसार नि:शुल्क यातायातका लागि संजय ट्राभल्सले सहयोग गर्नेछन् ।

त्यस्तै अन्य जानकारीका लागी एसियन फेसन हबका संचालक अर्जुन मोक्तान र पोइड हबका संचालक गगन तामाङ वा व्हाट्सप नम्बर (+385 995454463 र +385 958132244 ) मा सम्पर्क गर्नुपर्ने छन् ।

दश (१०) युरो टिकट मुल्य तोकिएको एक्सन प्रधान नेपाली चलचित्र `आउट ल दफा २१९´ को तीन शो हुनेछन् । जसमा ११ बजे, २.१५ र ५.३० बजे गरि तीन शो छन् ।

सामाजिक संजाल बिशेष गरेर टिकटकमा तीब्र प्रचारप्रसार देखिएको नेपाली चलचित्र `आउट ल दफा २१९´ को टिकट एभरेस्ट म:म, बुद्ध मार्ट, थोमस बार, थकाली हाउस, बास्केट मार्केट, सगरमाथा होस्टल र काठमाडौं मार्टमा पाइने आयोजकले बताए ।

चलचित्रमा अभिनेता सुशीलले श्रेष्ठको प्रमुख भूमिका रहेको छ । अभिनेता श्रेष्ठले पछिल्ला केही वर्ष नेपाली फिल्म उद्योगमा लोकप्रियता हासिल गर्दै आएका छन् । चलचित्र ‘आउटल’ ले ग्याङस्टर ड्रामा, एक्सन, रोमान्स र सामाजिक सन्देश समेट्ने अपेक्षा गरिएको छ ।

क्रोएसियामा रहेका नेपालीहरूका लागि मनोरञ्जन र सांस्कृतिक जडान कायम राख्न यस्ता कार्यक्रमहरूले ठूलो भूमिका खेल्ने आयोजकहरूको विश्वास छ ।

थप यो पनि 

क्रोएसियामा “Outlaw: दफ २१९” प्रदर्शन हुने, पोइट हब र फेसन हबको संयुक्त पहलमा प्रचारप्रसार तीव्र

चलचित्र ‘द आउट ल’ घोषणा, फस्ट लुक पोस्टर र ट्रिजर सार्वजनिक

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका