गत्लाङ युवा समाजद्वारा आयोजना गरिएको नयाँ वर्ष २०८२ उपलक्ष्यमा पालिकास्तरीय खेलकुद कार्यक्रम गरिएको छ ।
आमाछोदिङमो गाउँपालिका–३ गत्लाङ ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ गत्लाङमा पहिलो पटक पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, म्याराथन दौड, तामाङ सांस्कृतिक सांगीतिक प्रस्तुति लगायत विभिन्न कार्यक्रम गरी मनाएका हुन् ।
पुरुष भलिबल प्रतियोगितातर्फ प्रथम साहार समाज नेपाल, हाकु, द्वितीय श्री छोडिल्बु समाज, चिलिमे र तृतीयस् हाकु युवा सोसाइटी भएका छन् ।
त्यस्तै महिलातर्फ प्रथमस् आयोजक ‘ए’, द्वितीयस् हिमालयन इङ्लिस सेकेन्डरी स्कूल र तृतीयस् आयोजक ‘बी’ ले जितेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष बुचुङ तामाङले पर्यटकीय सम्भावनाको प्रवर्द्धनसँगै तामाङ समुदायको भाषा, भेषभूषा, धर्म र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान रहेको बताए ।
यसैगरी विशेष अतिथि चण्डिका तामाङ र छेवाङ दोर्जे तामाङ तथा अतिथिका वडाध्यक्ष सुरेन्द्र तामाङ, अविनाश लामा लगायतले विजेतालाई बधाइ दिँदै युवा प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने कुरामा सबै जोड दिनुपर्ने बताएका छन् ।
कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष सुरज तामाङले गरिएको थियो। उनले आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमलाई संस्थागत गर्दै लैजाने बताएका छन् ।