अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९६५ रुपैयाँमा बेचबिखन भइरहेको छ ।
गत आइतबार प्रतितोला सुन एक लाख ८४ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1