५६९ औं बुद्ध जयन्तीको अवसरमा बौद्ध ध्यान र शिक्षण सत्र कार्यक्रम बौद्धमा शुरु भएको छ ।
टुसाल युवा क्लवको आयोजना र बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजनमा बौद्धस्थित कुशल बैँकवेटमा आजबाट शुरु भएको हो ।
क्लवका अध्यक्ष विजय लामाको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले छयोमे बाली उद्धघाटन गरेका थिए ।
दुइ दिनसम्म चल्नसम्म चल्ने कार्यक्रममा नेपाल प्रहरी र खेलाडीहरुको सहभागिता रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष राजकुमार लामाले ध्यानले स्मरणशक्ति बलियो बन्नुको साथै तनावलाई सहज रुपमा सामना गर्न सिकाउने बताए ।
उनले खेलाडी र प्रहरीहरुको कार्य क्षेत्रमा आई पर्ने तनावलाई सहज रुपमा सामना गर्न मनोवल आत्मविश्वास बढाउन पनि बौद्ध ध्यान शिक्षण सत्र कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
धर्म गुरु रेन्पोछे नाम्खाले प्रशिक्षण दौरान योगा अभ्यास, ध्यान विधि, बुद्ध प्रवचन दिएको थियो । कार्यक्रममा समितिका सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपती खतिवडा (श्याम) रग्वा शेर्पा लगायत आयोजक सस्थाका पदाधीकारीहरु रहेको कार्यक्रम संचालन गोपाल घिमिरेले गरेका थिए ।