नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौँ

सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले उक्त ध्यानाकर्षण गराएको हो । बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीचको तनावबाट नेपालमा पर्नसक्ने सम्भावित प्रभावबारे सरकार सचेत हुनुपर्नेमा जोड दिँदै आवश्यक तयारी थाल्न सुझाव दिएको थियो ।

यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो । प्रतिनिधिसभा बैठकमा आव २०८२÷८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका