साइकल र्‍याली सम्पन्न

0 Shares
काठमाडौ

नोवाःपुच र बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त आयोजनामा कार्तिक ९ गते शनिबार साइकल र्‍याली सम्पन्न भएको छ ।

र्‍याली धर्मावलम्बीहरुको आस्थाको धरोहरा बौद्ध स्तुपा गेटबाट शुरु भई तिनचुली, गोकर्ण, पशुपति चाबहिल हुँदै पुन बौद्ध गेटमा आई सम्पन्न भएको हो ।

समितिले नेपाल सम्बत ११४० (न्हुं भिन्तुना) को विशेष अवसर तथा शुभदिपावलीको उपलक्ष्यमा पर्यटन वर्ष सन २०२०लाई टेवा पुराउने उद्धेश्यका कार्यक्रम आयोजना गरेका हुन् ।

आगामी कार्यक्रम कार्तिक ११ गते बौद्ध स्तुपा परिसर सरसफाई, झाँकीसहितको शान्ति र्‍याली तथा साँस्कृतिक कार्यक्रम गर्ने समितिले जनाए । त्यसैगरी कार्तिक १२ गते भिन्तुना र्‍याली गरेर मण्डला बनाउने, नेवारी भोजसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।

कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वाध्यक्ष चन्द्र मान लामा, तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामा, चलचित्र जगतकी नायिका पुजना प्रधान, बुद्धिजीवी गजेन्द्र कुमार लामा लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका