संसदमा दर्ता भएको गुठी विधेयक मंगलबार फिर्ता लिएको छ । राष्ट्रिय सभाबाट गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ फिर्ता लिएको हो ।
सरकारले सबै गुठीलाई व्यवस्थित गर्न यो विधेयक ल्याएको थियो । गुठियारहरुले व्यापक विरोध गरेपछि विधेयक फिर्ता लिने निर्णय गरेका हुन्।
भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री पद्मा अर्यालले राष्ट्रिय सभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव राखेकी थिइन् । प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै विधेयक फिर्ता भएको छ ।