‘दोलखा श्यामा शेर्पा समाज अमेरिका’ द्वारा पर्यटन दूत शेर्पा सम्मानित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
न्यूयोर्क

नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु चिनाउँदै आएकी पर्यटन सद्भावना दूत तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङडोल्मा शेर्पा ‘दोलखा श्यामा शेर्पा समाज अमेरिका’ द्वारा सम्मान गरेकी छिन । दोलखा जिल्ला घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका शेर्पा समुदायहरुको उक्त सस्था मार्फत पर्यटन प्रबर्धनमा महत्वपुर्ण योगदान पुर्याई समस्त शेर्पा समुदायको गरिमालाई उच्च बनाएकोमा उनलाई सम्मान गरिएको थियो ।

हिमालय याक रेस्टुरेण्ट ज्याक्सन हाइट न्युयोर्कमा सम्पन्न भएको उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा नेपालमा पर्यटन क्षेत्रको अबसर र चुनौतीहरुको बारेमा छलफल गरिएको थियो भने भ्रमण बर्ष- २०२० मा सरकारको लक्ष्य अनुरुप पर्यटकहरुलाई नेपाल भित्र्याउन कसरि सम्पूर्ण नेपालीहरुले भूमिका निर्बाह गर्ने भन्ने बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

उक्त अबसरमा समाजका अध्यक्ष पासाङ लामा शेर्पा र प्रमुख अतिथि महाबाणिज्यदुत पुष्पराज भट्टराईले पर्यटन सद्भावाना दुत छिरीङ डोल्मा शेर्पालाइ सम्मानित गरेका थिए ।

उक्त अबसरमा पर्यटकहरु संग हिमाल आरोहणमा जाने तथा पद यात्रामा जाने अति गरिबीको रेखामा भएका दाजुभाइहरु अल्पआयुमा दुर्घटनामा परि मृत्यु हुने गरेको र उनीहरुको परिवार शिक्षा समेत बाट समेत बन्चित भएका परिवारहरु पर्यटन गाइड देखि भरियाहरुको लागि समेत भनेर उनले कोष खडा गरि उनीहरुको परिवारलाई शिक्षा प्रदान गर्ने अभियान संचालन गर्ने कुरा घोषणा गरेकी थिइन् ।

हिमाल आरोहणदेखि पदयात्रामा जाँदा दुर्घटनामा परि असामहिक निधन भएका गरिब परिवारहरु शिक्षा बाट बन्चित नहुन भनेर एउटा कोष खडा गरि कम्तिमा बर्षमा २ जनालाई निशुल्क शिक्षा प्रदान गर्ने उदेश्य लिएर अगाडी बढेकी शेर्पाले अमेरिका लगायत सम्पूर्ण देश बिदेशमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, विभिन्न संघ सस्थाहरुलाई आर्थिक सहयोग देखि भौतिक सहयोग सम्मको लागि आव्हान गरेकी थिइन् ।

भर्खरै मात्र अर्को सस्था सिन्धु( युएसए वेलफेयर सोसाईटी इन्क द्वारा सस्थाका अध्यक्ष छिरीङ तेञ्जिङ्ग शेर्पाले छिरीङ डोल्मा शेर्पालाइ अमेरिकामा रहेको मुस्ताङ्ग थकाली रेस्टुरेन्टमा एक भब्य कार्यक्रमको आयोजना गरि सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको थियो ।
भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादुतमा नियुक्त भए संगै शेर्पा अमेरिका प्रस्थान गरेकी थिइन् । नेपालमा हुने दर्जनौ सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका गरेर फरक पहिचान बनाएकी शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भुमिका निर्वाह गर्दै आएकी छिन ।

मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रबर्धनको क्षेत्रमा क्रियाशिल शेर्पा सद्भावनादुत नियुक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका अमेरिकामा छिन । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएकी छिन भने अमेरिकामा रहेका विभिन्न संघ सस्थाहरुले उनलाई उच्च सम्मान समेत प्रदान गर्दै आएका छन् ।
सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला शेर्पा भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्न अहिले अमेरिकामा ब्यस्त छिन ।

नेपालको पर्यटन प्रबर्धन नेपाली कला, संस्कृतिको सम्बर्धन गर्दै भ्रमण वर्षलाई सफल बनाउन क्रियाशिल हुँदै शेर्पा अमेरिकाको विभिन्न कार्यक्रम, अन्तरक्रिया तथा भेटघाटमा ब्यस्त बनेकी हुन् । नेपालको पर्यटन प्रबर्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् ।

नेपाल सरकारले सद्भावनादुत नियुक्त संगै आफ्नो योजना अनुसार नेपालको पर्यटन प्रबर्धनमा भुमिकालाइ अझ ब्यबस्थित गरेकी छिन । शेर्पाले विदेश तथा नेपालको विभिन्न शहर र पर्यटकीय क्षेत्रहरुमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी जनाउने छिन् । विभिन्न मुलुकमा नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति, विविधताका बारेमा प्रचारप्रसार गर्नेछिन् ।

अमेरिकाका अध्यक्ष पासाङ लामा शेर्पाको सभापतित्वमा भएको उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिमा महाबाणिज्य दुत पुष्प राज भट्टराई, बिसेष अतिथिमा सिटि काउन्सिल अफ न्युयोर्क्कि कोस्टा कस्टाण्डिएस लगायतका बिशिष्ट व्यक्तित्वहरु, पर्वतारोहीहरु, “दोलखा श्यामा शेर्पा समाज अमेरिका“का पदाधिकारीहरु लगायतका महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका