रामेछाप जिल्लाका सफल व्यवसायी राङदान तामाङको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।
आइतबार दोरम्बाबाट काठमाडौंतर्फ जाँदै गर्दा खाँडादेवी गाउँपालिका–१ राकाथुममा मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिए ।
तामाङ युवा उद्यमी तथा शैलुङ्ग एग्रिकल्चर प्रोडकसन प्रा.लि.दोरम्बा का प्रोपाईटर हुन् ।
उनकै पहलमा रामेछाप जिल्लामा व्यवसायीक बिकी खेतीको सुरुवात भएको थियो । दोरम्बा गाउँपालिका–१ डडुवामा जन्मिएका तामाङले नेपालमै कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1