सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहारका अवसरमा सामाजिक सद्भाव, सामाजिक न्याय, सुशासन एवं प्रदेशको समग्र विकासको शुभकामना व्यक्त गरेको छ । आज शुभकामना सन्देश जारी गर्दै उनले प्रदेशवासीको सुख, शान्ति, समृद्धि अगाडि बढाउनमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।
उनले प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा सु–स्वास्थ्यको कामना गर्दै दीपावली पर्वले सबैमा खुशी साटासाट सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुगोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1