सत्तरुढ दल सामाजवादी पार्टी नेपालका सांसद रेणुका गुरुङले मंगलबारको संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा माग गरेको छ ।
संसद गुरुङले प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै निर्वाचित १ सय १० सांसदलाई चाहिँ स्थानीय विकास पूर्वाधारको बजेटबाट बञ्चित गरेको भन्दै अर्थमन्त्रीको जोडदार माग राखेका हुन् । उनले यो प्रबृतिले विश्वमा नकारात्मक सन्देश जाने भन्दै सार्वभौम प्रतिनिधिसभाको अपमान हुने ठहर गर्दै अर्थमन्त्रीले राजिनामा दिनुपर्ने माग राखेको बताइन् ।
‘संघीय संसदको ३ सय ६४ जना सांसदमध्ये राष्ट्रिय सभाका डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल मात्रै मनोनित संसद हो ।’, संसद गुरुङले भने, ‘प्रतिनिधिसभाका सांसदहरुले कानुन निर्माण गर्ने, बजेट पारित गर्ने, कार्यपालिकाको निगरानी गरी काम कर्तव्य र सुझाव दिने जस्ता काम एउटै हुन्छ भन्ने हैसियत थाहा नहुने ?’ उनले भने ‘सभामुख मार्फत प्रधानमन्त्री केपी ओलीसँग अर्थमन्त्री खतिवडाको राजिनामा माग गर्दछु । योग्य राजनीतिज्ञलाई मात्र अर्थमन्त्रीमा नियुक्त गरियोस् ।’