नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको छैठौं गाउ सभाले आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
मंगलबार सभामा उपाध्यक्ष अञ्जु आचार्यले ३३ करोड ८ लाख ५१ हजारको बजेट प्रस्तुत गरेकी हुन् । जसमा चालुतर्फ ४ करोड ८५ लाख ६३ हजार ७ सय ५० र पूँजीगततर्फ १४ करोड ५६ लाख ९१ हजार २ सय ५० रहेको छ ।
कृषि तथा पशुपालन
आर्थिक वर्षमा कृषि पकेट क्षेत्रहरु घोषणा, एक घर पाँच फलफुलका विरुवा कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने अध्यक्ष योविन्द्रसिंह तामाङ बताए । उनले एक वडा एक कृषि प्राविधिक, एक घर ४ भैसी कार्यक्रमलाई प्रभावकारी बनाउने उनले बताए ।
स्वास्थ्य
स्वास्थ्य संस्थामा प्रसुति, सुरक्षित मातृत्वको प्रत्याभूति र गर्भवती महिलाको घरमा झण्डा र हातमा अण्डा कार्यक्रम अघि सारिएको उपाध्यक्ष आचार्यले बताइन् ।
पर्यटन
पर्यटन पूर्वाधार, समृद्ध दुप्चेश्वरको आधार, दुप्चेश्वर महादेव तथा गोसाइकुण्ड जोड्ने गरी केवलकार निर्माणको लागि निजि क्षेत्रसँग सहकार्य जस्ता कार्यक्रमहरु तय गरिएको अध्यक्ष तामाङले बताए । उप्रादेखि कुतुङखोलासम्मको तादी खोलामा फिसिङ जोन घोषणा र एकिकृत पर्यटन संग्रहालय निर्माण गरिनेछ ।
शिक्षा
व्यवसायिक शिक्षा, प्राविधिक शिक्षा तथा नैतिक शिक्षामा जोड दिई शून्य शारीरिक तथा मानसिक दण्ड लगायतलाई नीति तथा कार्यक्रमले समेटिएको छ ।
उर्जा तथा जलविद्युत
गाउँपालिका क्षेत्रलाई जलविद्युत हवको रुपमा विकास गर्न आवश्यक कार्ययोजना बनाई संचालनमा ल्याइने अध्यक्ष तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।