महानगरीय प्रहरी प्रभाग कोटेश्वरको नेतृत्वमा नेपाल प्रहरीमा सम्भवतः पहिलो पटक देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रभाग प्रमुख प्रहरी निरीक्षक सुभद्रा वाइबाका अनुसार समुदायसँग प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र कोटेश्वर र प्रगतिशील महिला समूह कोटेश्वर पनि संलग्न भएर कोटेश्वर आसपास र महानगरीय प्रहरी परिसर ललितपुर र काठमाडौमा देउसी भैलो खेलिएको बताइन् । उनले थपिन् विगतमा प्रशासनलाई नकारात्मक दृष्टिकोणले हेरिन्थ्यो ।
साझेदारी कार्यक्रमले गर्दा सर्वसाधारणले पनि प्रहरीलाई खुलेरै सहयोग गर्न थालेका छन् । थप आत्मियता बढाउनको लागि पनि सांस्कृतिक कार्यक्रम सन्देशमुलक बनाउदै देउसी भैलो खेलिएको पुष्टि गरिन् ।
https://www.facebook.com/parisarktm/videos/1190717097778333/?t=5
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1