चुनावमा २ लाख कर्मचारी परिचालन

0 Shares
श्रीलंका

चुनावमा २ लाख कर्मचारी परिचालनश्रीलंकाको राष्ट्रपति निर्वाचनका लागि देशका विभिन्न चुनावी मतदान स्थलका लागि दुई लाखभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ ।

निर्वाचन आयोगका अनुसार जिल्लास्तरीय मतगणना केन्द्रहरुमा ४८ हजारभन्दा

बढी कर्मचारी परिचालन हुनेछन् । निर्वाचन मतदान स्थलमा मात्र एक लाखभन्दा बढी कर्मचारी परिचालन गरिएको आयोगका एक अधिकारीले बताए ।

जिल्लास्तरमा परिचालन हुने निर्वाचन अधिकृतहरुले मतदान स्थलमा खटिने अरु कर्मचारीको संख्याका बारेमा जानकारी लिने कार्य भइरहेको पनि आयोगले जनाएको छ । राष्ट्रपति पदका लागि हाल ३५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारको सूची लामो भएकाले मतपत्र समेत २६ इन्चभन्दा लामो छ । श्रीलंकाको इतिहासमै राष्ट्रपतिका उम्मेदवारका लागि यतिलामो मतपत्र पहिलोपटक प्रयोग हुन लागेको हो ।

निर्वाचन आयोगले मतपत्र लामो भएकाले मतगणना स्थल पनि ठूलो बनाउनुपर्ने आवश्यकता महसुस गरेको जनाएको छ । आयोगका अनुसार यस पटकको चुनाव महंगो हुने देखिएको छ । यस पटकको चुनावमा करिब एक करोड मतदाता रहेका छन् । चुनावमा वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेना उम्मेदवार बन्नु भएको छैन ।

श्रीलंकामा आगामी नोभेम्बर १६ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ । यस चुनावमा प्रधानमन्त्री रनिल विक्रमासिंघेको युनाइटेड नेसनल पार्टीका सजिथ प्रेमदासा र श्रीलंका पोदुजाना पेरामुना पार्टीका गोटाबाया राजापाक्षाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया