शैलुङको बजेट ३८ करोड, उज्यालो शैलुङको अवधारणा (पूर्णपाठ)

दोलखा

शैलुङ गाउँपालिकाको पाँचौ गाउँसभाले आर्थिक वर्ष २०७६। ७७ को लागि ३८ करोड ६४ लाख ४४ हजार बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष लालमाया योञ्जनले आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी हुन् ।

मंगलबार गाउँसभाले आर्थिक विकासतर्फ ३ करोड १ लाख, पूर्वाधार विकासतर्फ १० करोड ४० लाख विनियोजित गरिएको छ ।

सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १ करोड ७ लाख, सामाजिक विकास अन्तर्गत ३ करोड ११ लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताए ।

यसैगरी कार्यालय सञ्चाल तथा प्रशासनिकतर्फ ६ करोड ७८ लाख ५० हजार बजेट प्रस्तुत गरेको थियो ।

शसर्त तर्फको नेपाल सरकार र प्रदेशको १४ करोड २३ लाख ९४ हजार एक मुष्ठ विनियोजन गरेको अध्यक्ष दुलालले बताए ।

“एक घर एक धारा, सुरक्षित खानेपानी हाम्रो नारा” भन्ने अभियान संचालन र “सूचना प्रविधियुक्त बिद्यालय ; सिर्जनशील र प्रतिभाशाली विद्यार्थी ” भन्ने मान्यतालाई स्थापित गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ, उपाध्यक्ष योञ्जनले बताइन् ।

बगैचा र फूलबारी सहितको घर, सरसफाई युक्त सुन्दर वस्ती भन्ने मान्यतालाई स्थापित गरी वैकल्पिक उर्जाको प्रयोगमा प्रेरित गरिनेछ ।

“सवत्र्र वैभव, सभ्यता र स्वाभिमान ; जनजनको पौरख, शैलुङको निर्माण” भन्ने सोचलाई कार्यान्वयन गर्दै जाने नीति लिइनेछ ।

जैविक उर्जा, वैकल्पिक उर्जा, जलविद्युत लगायतका उर्जाहरुको विकास र आयात गरी “उज्यालो शैलुङ” अवधारणा लागू गरिनेछ, अध्यक्ष दुलालले बताए ।

 

तपाईको प्रतिक्रिया