महानगरको बजेट सरसफाई र सौन्दर्यीकरण लक्षित

काठमाडाैं

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट मंगलबार प्रस्तुत गरेको छ ।

पाँचौ नगरसभामा उपमेयर हरिप्रभा खड्गीले १८ शीर्षकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । जसमध्ये पूर्वाधार निर्माण, महानगर सरसफाई र सौन्दर्यीकरणलाइ विशेष लक्षित गरिएको छ ।

बजेटले भौतिक पूर्वाधार निर्माण र सम्पदा संरक्षणमा जोड दिएको मेयर विद्यासुन्दर शाक्यले बताए ।

महानगरले विभिन्न स्रोतबाट पुर्ति गरिने बजेट २ अर्ब ६२ करोड ९० लाख ९७ हजार, गत वर्षको बैंक मौज्दात २ अर्ब ६२ करोड ९० लाख ९७ हजार र जग्गा एकीकरण आयोजना १ अर्ब १२ करोड ८२ लाख ७० हजार गरी आयतर्फको कूल १५ अर्ब ५० करोड ७० लाख १२ हजार बजेट पेश गरिएको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका