चिलीमा विरोध प्रदर्शन जारी, बीसको मृत्यु सयौं घाइते

सैलुङअनलाइन संवाददाता
0 Shares
चिली

चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ । यहाँको राष्ट्रपति सेबास्टियन पिनेराले गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू गरिएको थियो ।

यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा कम्तीमा २० व्यक्तिको मृत्यु हुनासाथै ४ सय ७३ व्यक्ति घाइते भएका गृह मन्त्रालयद्वारा मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ । यस विरोध प्रदर्शनको क्रममा सयौंको सङ्ख्यामा सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन् ।

उक्त समयावधिमा ४ सय ४५ प्रहरीका कार, ४९ उपमार्ग स्टेशन र २६ बस क्षतिग्रस्त भएको छ । कफ्र्यु लगाइएको यस अवस्थामा ७ हजार १६६ व्यक्तिलाई पक्राउ गरिएको र २ हजार ३७ व्यक्तिलाई कारागार चलान गरिएको छ ।

गत सोमबार चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई प्रतिस्थापन गरेको थियो । सार्वजनिक यातायातको भाडा बढाइएपछि विद्यार्थीले यो प्रदर्शन शुरु गरेका थिए ।

सम्बन्धित समाचार

चिलीमा आपतकाल हटाइयो, विरोध प्रदर्शन जारी

राष्ट्रपतिको राजिनामा माग्दै लाखौं उत्रिए प्रदर्शनमा

राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन

चिलीमा सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

हिंसात्मक प्रदर्शनपछि चिलीमा सङ्कटकाल

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया