प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ ।
प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आइसीयूमा राखेर खोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले कान्तिपुरलाई जानकारी दियो ।
प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा दिव्यसिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रकृयाका लागि भर्ना भएको उल्लेख छ ।
अस्पताल प्रशासनले प्रधानमन्त्रीको विषयमा औपचारिक जानकारी दिन चाहेको छैन । यो समाचार कान्तिपुर दैनिकमा छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1