रामेछापको बजेट ६४ करोड, एक घर एक पशु विमा

रामेछाप

रामेछाप नगरपालिकाले आर्थिक बर्ष २०७६।०७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकोे छ ।

मंगलबार पाँचौ नगरसभामा उपप्रमुख सिर्जना खड्काले ६४ करोड २६ लाख ७३ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

सुनकोशी र लिखु नदी किनारको सिँचाइ योग्य ठाउँमा लिफ्ट सिँचाइ लागि आवश्यक बजेट विनियोजन गरिएको उपप्रमुख खड्काले बताइन् ।

नगरपालिकाले नगरभित्रका सहकारीमध्ये उत्कृष्ट छनोट गरी वर्ष सहकारी पुरस्कारको व्यवस्था गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

बजेटले मौसमी र वेमौसमी तरकारी बालीका लागि किटनाशक औषधीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।

पुर्वाधार विकासतर्फ पुष्पलाल पार्कदेखि कोलोञ्जोरघाटसम्मको सडकलाई नगरको गौरवको योजनाको रुपमा निरन्तरता दिने नगरप्रमुख नरबहादुर थापा मगरले बताए ।

रामेछाप बजारमा व्यवस्थित हाट बजार र बसपार्कको निर्माण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

वातावरणतर्फ धुवाँ रहित सुधारिएको चुल्हो प्रवद्र्धन गरि महिलाको स्वास्थ्यमा सुधार ल्याउने भएको छ ।

कृषि औजारमा ६० प्रतिशत अनुदान दिने, एक घर एक पशु विमा कार्यक्रम सञ्चालन गर्ने र बर्थिङ सेन्टरहरुलाई व्यवस्थित गर्ने लगायतका कार्यक्रम अघि सारिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका