ढुङ्गाले हानेर श्रीमतीको हत्या   

0 Shares
धरान

धरान- १५ खोरिया बस्तीमा श्रीमानले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् ।

धरान- १५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान- ५ पानवारी माइती बस्दै आएकी बीना हिजो मात्रै घर आएकी थिइन् ।

एकअर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । सूचना पाएपछि घटनालगत्तै प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान् अर्जुनलाई गएराति ११ः३० बजे नै सेउतीखोला पुल नजिकबाट नियन्त्रणमा लिएको प्रनाउ न्यौपानेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका