च्छो-रोल्पा हिमतालको मनमोहक दृश्य (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो ।

गौरिशंकर हिमाल, च्छोरोल्पा हिमताल, प्रसिद्ध दोलखा भिमसेन मन्दिर, सैलुङ डाँडा,गाईखुरा महादेब मन्दिर, खिम्ती जलविद्युत आयोजनाको पावर हाउस (किर्ने), म्याग्नेसाईट खानी (खरिढुङ्गा), चरिकोट, जिरी, किर्नेटार आदि यहाँका प्रसिद्ध ठाउँहरु हुन् ।

च्छो रोल्पा हिमताल नेपालकै सवभन्दा ठूलो हिमताल हो । समुद्र सतहबाटी ४५८० मीटरको उचाईमा अवस्थित यही तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ ।

यो हिमतालसम्म पुग्न सिंगटीबाट पैदल यात्राबाट पुग्न सकिन्छ ।

यो हिमताल टासी लप्चा हिमालको काखमा अवस्थित छन् । यो हिमालबाट सोलुखुम्बुको नाम्चे बजार जान सकिने ट्रेकिङ रुट रहेको ना बस्तीका स्थानीय बताउँछन् ।

१३५ मी. गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ । फोटो : भिजिट नेपाल २०२० पेज

 

तपाईको प्रतिक्रिया