किम जोङद्वारा समवेदना प्रकट

0 Shares
उत्तर कोरिया

उत्तर कोरियाका नेता किम जोङ अनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका आमाको निधन भएको भन्दै समवेदना सन्देश पठाएको छ ।

किमले राष्ट्रपति मुनकी आमा काङ्ग हन्कोको निधनप्रति समवेदना प्रकट गर्दै सन्देश पठाएको दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लू हाउसले बिहीबार जानकारी दिएको छ ।

समवेदना पत्र बुधवार दिउँसो दुई कोरियाबीचको गाउँ पान्मुन्जोमा पठाइएको थियो । राष्ट्रपति मुन हाल आमाको अन्त्येष्टि कार्यका लागि देशको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा छन् ।

किमले पठाउनु भएको समवेदना सन्देशमा राष्ट्रपति मुनको आमाको मृत्युप्रति गहिरो समवेदना प्रकट गरेको बताइएको छ । लामो समयदेखि बिरामी पर्नु भएका मुनकी आमाको ९२ वर्षको उमेरमा निधन भएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका