ल्होछारमा गायक सञ्जीव वाइबादेखि प्रथम नेपाल आइडल बुद्ध लामासम्म कतार आउने

नवराज तामाङ संवाददाता
0 Shares

नेपाल प्रवासी तामाङ समाज कतारले सोनाम ल्होछारको अवसर पारेर आयोजना गर्न लागिएको बृहत साँस्कृतिक कार्यक्रम-२०२० का लागि विभिन्न विधाका चार जना कलाकारहरू आउने भएको छ ।

कार्यक्रमका लागि तामाङ कलाकार सङ्घ अध्यक्ष गायक तथा सङ्गीतकार सञ्जीव वाइबा, प्रथम आइडल बुद्ध लामा,सेलो गायिका अञ्जु थोकर र गायक राम गोम्जा कतार आउने समाजका अध्यक्ष धिरन तामाङले जानकारी दिए ।

सामजले यसपटक साङ्गीतिक क्षेत्रमा झण्डै तीन दशकका अनुभव रहेका कलाकारदेखि केही वर्षअघि टेलिभिजन रियालीटी शोबाट उदयका कलाकारलाई समेत निमन्त्रणा गरेको छ ।

कार्यक्रममा टेलिभिजन रियालीटी शो नेपाल आइडलबाट उदयका बुद्ध लामा (बोम्जन) समाजको बृहत साँस्कृतिक कार्यक्रमको मेरुदण्ड हुनसक्ने छ । उनले मुलधारका गीतहरू बढी गाएकाले कार्यक्रमको मेरुदण्ड हुनसक्ने कतारमा रहेका नेपालीहरुको भनाइ छ । आयोजकले भने रोजगारीका लागी कतार आइपुगेका तामाङहरुलाई लक्षित गरेर कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

बुद्ध प्रथम नेपाल आइडलका बिजेता हुन् । पुरानो घर धादिङ रुभिभ्याली भएका बुद्ध हाल पोखरा महानगरपालिकाको नयाँ बजारमा बस्छन् । नेपाल आइडलबाट आफू चिनिए पनि साङ्गितिक क्षेत्रमा २०६५ सालदेखि नै लागेको बुद्ध बताउँछन् । आइडल बिजेतापश्चात् बुद्धले डेढ दर्जनभन्दा धेरै देश घुमिसकेका छन् ।

साँढे २ दशकअघि विक्रम संवत् २०५० बाट साङ्गीतिक यात्रा सुरु गरेका काभ्रेपलाञ्चोकका गायक, सङ्गीतकार र शब्दकार सञ्जीव वाईबा तामाङलाई समेत निमन्त्रणा गरेको छ । वाइबा, तामाङ कलाकार सङ्घको अध्यक्ष वर्तमान अध्यक्ष हुन् । चौंरी देउराली गाउँपाली-७ मादन कुडारीका पुरानो घर भएका वाइबा हाल भक्तपुरस्थित सूर्यविनाय नगरपालिका-८,दार्जीलिङ हाइटमा बस्छन् ।

आधा दर्जन देशहरूमा साङ्गीतिक यात्रा गरिसकेका वाइबाको कतार भने पहिलोपटक हो । उनले १५०भन्दा धेरै गीतहरुमा आवाज भरिसकेको छ । वाइबा सङ्गीत र गीत आफै सृजना समेत गर्छन् ।

झण्डै डेढ दशक अघिसम्म नुवाकोट, धादिङ, रसुवामा मात्र सीमित म्हेन्दोमाया गीतसङ्गीत पछिल्लोपटक संसारभरि फैलिएको छ । संसारभर फैलाउन योगदान दिने मध्येका एक धादिङ खनियाबास-५ का म्हेन्दोमाया गायक राम गोम्जा हुन् । उनले २०६४ सालामा `सेम्ला नेन´बाट साङ्गीतिक यात्रा सुरु गरेको थियो । उनको विदेश साङ्गीतिक यात्रा यो पहिलोपटक हो ।

विशेष गरेर सेलो गायिका भनेर चिनाउन मन पराउने अञ्जु थोकर समाजले निमन्त्रणा गरेको एकमात्र गायिका हुन् । थोकर सिन्धुली सुनकोसी गाउँपालिका-७ नागीकी हुन् । ४ वर्षअघि साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी थोकरले सयौं गीतमा आवाज दिइसकेकी छिन् । छोटो समयमा धेरै गीत गाएकी थोकरको विदेश साङ्गीतिक यात्रा कतार पहिलो भएको बताउछिन् ।

कार्यक्रम नेपाल प्रवासी तामाङ समाज कतारले यही आउदो जनवरी २४ तारिख शुक्रबार दोहाको मिसाइदस्थित अम्वाज क्याम्प – २मा गर्ने भएको छ ।

सम्बन्धित समाचार

तामाङ समाज कतारले ल्होछारमा सांस्कृतिक कार्यक्रम गर्ने

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका