पोङ्थीला च्याङ्बाकोे ‘ओ आमा’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

गायक सञ्जीव तामाङ ‘पोङ्थीला च्याङ्बा’ को तेस्रो म्युजिक भिडियो ‘ओ आमा’ सार्वजनिक भएको छ ।

शुक्रबार तामाङ घेदुङको सभाहल काठमाडौंमा एक कार्यक्रमबीच उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो । गायकलार्इ चर्चित सेलो गायिका शशिकला मोक्तानले साथ दिएका छन् । गायककै शब्द तथा रचना गायक च्याङ्बाकै रहेको भिडियोमा परदेशी जीवनको भोगाईलाई उठाएको कथा रहेको छ ।

उक्त भिडियोमा गायक आफै,सन्ध्या सुस्केरा, जमुना महर्जन, ठुले योन्जन तामाङ, हर्क योन्जन तामाङ, मुकेश प्रधान, धुग्युद तेन्जिङ लामा, रशिला तामाङ, जीवन घिसिङ र पुन्ज्युङ योन्जनका अभिनय रहेका छन् ।
रेशमकुमार स्याउली तामाङले निर्देशन गरेको भिडियोको छायांकन बासु न्यौपानेले गरेको छ ।

यसैगरी रोशन धितानले सम्पादन गरेको भिडियोको संगीत संयोजन पवनवाङ लामाले गरेका हुन् ।

जात्रा, मेलामा फापारे गीत गाउँदै आएका च्याङबाको ‘जुराम ल्हाम ल्हाम’, ‘अंशमा पाको आपको घर’ यसअघि आइसकेको छ ।

यसैगरी सोही कार्यक्रममा सन्ध्या सुस्केरा र शुक्र दोङको तामाङ सेलो गीत ‘शैलुङ गङजोरी’ को अडियो पनि सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका