सनराइज बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ ।
साधारणसभाले बैंकको हालको चुक्ता पूँजीकोे पाँच दशमलव आठ प्रतिशतका दरले हुने रु ४७ करोड २८ लाख ४८ हजार २३९ बराबरको नगद लाभांश वितरण र १० प्रतिशतका दरले हुने रु ८१ करोड ५२ लाख ५५ हजार ५८५ बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
विसं २०६४ असोज २५ मा स्थापना भई हाल चुक्ता पूँजी रु आठ अर्ब १५ करोड रहेकामा साधारणसभाबाट पारित बोनस शेयर समेत ८ अर्ब ९६ करोड ८१ लाख १ हजार ४३६ रुपैयाँ कायम भएको बैंकले जनाएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यसहित बैकले १२२ शाखा, ३८ शाखारहित बैंकिङसेवा, आठ एक्सटेन्सन काउन्टर, १४३ एटिएममार्फत आफ्ना छ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।