पञ्चकन्याको नीति कार्यक्रममा गर्भवतीको साथी उपाध्यक्ष

‘टुहुरा र दलितको सहारा अध्यक्ष’

नुवाकोट

पञ्चकन्या गाउँपालिकाले आर्थिक बर्ष २०७६।०७७ का लागि २९ करोड ३८ लाख ६७ हजार ५ सय ३६ विनियोजन गरेको छ । मंगलबार सातौं गाउँसभामा उपाध्यक्ष सिता पराजुली खड्काले  चालुतर्फ १७ करोड ५८ लाख १७ हजार ५ सय ३६ र पुँजीगत तर्फ रु ११ करोड ८० लाख ५० हजार विनियोजित गरेकी बताइन् ।

कृषि:

गाउँपालिकाको वडा नं १ लाई आलु, वडा नं २ लाई केरा, वडा नं ३ लाई अदुवा, वडा नं ४ लाई अलैंची र वडा नं ५ लाई सुन्तलाको क्षेत्र घोषणा गर्नेछ । यसको लागि चालुतर्फ ५४ लाख र पुँजीगततर्फ १८ लाख विनियोजन गरेको अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए ।

सडक यातायात :

नयाँ सडक निर्माणको थालनी र पुराना सडकहरुको स्तरोन्नति लागि ४ करोड ६९ लाख छुट्याएको अध्यक्ष तामाङले बताए ।

 पर्यटनः

पर्यटकिय प्रचुरता भएका प्रमुखलाई स्थलहरु पर्यटकिय गन्तव्यको रुपमाविकास गर्न गुरुयोजना तयार गर्नेछ । पर्यटक पदयात्रा मार्ग निर्माण तथा विकासको कार्यक्रमलाई प्राथमिकता साथ अघि वढाउने क्रममा यस क्षेत्रको लागि १० लाख बजेट विनियोजन गरेको छ ।

स्वास्थ्य:

सृष्टिको सञ्चालिका नारीको सुत्केरी अवस्था र नवजात शिशुको शारीरिक स्वास्थ्य समस्या सुधार ल्याउन ‘गर्भवतीको साथी उपाध्यक्ष’ कार्यक्रमलगायतलाई ५ लाख विनियोजन गरेको उपाध्यक्ष खड्काले बताइन् ।

शिक्षा:

टुहुरा र दलित वालवालिकाको साहारा अध्यक्ष’ कार्यक्रममा ३ लाख विनियोजन गरेको अध्यक्ष तामाङ बताए ।

संस्कृति :

हाम्रो गाउँपालिकाको पहिचानको रहेको रुपमा हाम्रो कला, सभ्यता र मौलिक संस्कृति संरक्षण तथा सम्वद्र्धनमार्फत पर्यटन ब्यवसायलाई थप टेवा भन्ने पुगोस अठोटका साथ ५६ लाख र चालु तर्फबाट ५ लाख गरि जम्मा ६१ लाख बजेट विनियोजन गरेको छ ।

युवा तथा खेलकुद :

एक वडा एक खेल मैदान कार्यक्रमलाई पुर्णता दिनको लागि खेल मैदान निर्माणको लागि १५ लाख र मेयरकप भलिबल प्रतियोगिताको लागी २५ लाख गरी समग्र खेल क्षेत्रको विकासको लागि  ४० विनियोजन गरेको उपाध्यक्ष खड्काले बताइन् ।

सुचना र संचार :

विभिन्न विज्ञापन, पोस्टरिङ, सार्वजनिक सुनुवाई, रेडियो, सुचना र प्रविधि जस्ता कार्यक्रमहरुको लागि २९ लाख ५० हजार विनियोजन गरेको गाउँसभामा प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका