सिन्धुपाल्चोक लिसङ्खुपखार गाउँपालिका-१, ब्यार्सास्थित मोलम युवा क्लबले कार्तिक १३ गते बुधबार सिद्धार्थ प्राथमिकता विद्यालयको प्राङ्गणमा देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा क्लब प्रमुख सल्लाहकार तीर्थ लामा र अध्यक्ष सङ्गम लामाले संयुक्त रूपमा देउसी भैलो टोलीलाई प्रमाणपत्र हस्तान्तरण गरेको थियो । त्यसैगरी क्लबले असोज २० गते गरेका प्रथम बृहत साँस्कृतिक कार्यक्रमका सहयोगी दाताहरुलाई प्रसंशापत्र वितरण गरेका थिए ।
क्लबका प्रमुख सल्लाहकार तीर्थ लामाले शुभकामना मन्तव्यका क्रममा मोलम क्लब समृद्धि तर्फ उन्मुख भैरहेकोले आर्थिक, नैतिक, भौतिकको खाँचो भएको औल्याए । उनले गाउँका मान्यजनहरू लगायत सबैले मिलेर सहयोग गर्नुपर्ने बताए । क्लबलाई मैले गर्नुपर्ने आर्थिक, नैतिक, भौतिक सबैखाले सहयोग गर्नेछु सल्लाहकार लामाले भने ।
त्यसैगरी टसी सम्फेलिङ गुम्बाका अध्यक्ष निमा ग्याम्छो लामा, स्थानीय ताम्बाहरू फुर्पा दोर्जे मोक्तान, सङ्गावीर मोक्तान, सिद्धर्थ प्राथमिकता विद्यालयका प्रधानाध्यापक रुप कुमार लामा,क्लबका सल्लाहकारहरू भिम कुमार लामा,टसि,कुवीर सिङ,सञ्जय,मोहोन लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरू फुर्बा योञ्जन, छिरिङ मोक्तान,उर्मिला तामाङ, लालमाया तामाङ, बिनिता तामाङ, मनु तामाङ, सुनमाया तामाङ, मार्साङ लामा लगायतले बेजोड प्रस्तुति दिएका थिए ।
क्लब समाजमा हुने गरेका बिकृति र बिसङ्गतिलाई हटाएर सभ्य बनाउन दश महिनाअघि गठन गरी दर्ता गरिएको अध्यक्ष सङ्गम लामाले जानकारी दिए । विकासका कार्यक्रमहरुका साथै जनजीवनसँग सम्बन्धित कार्यहरूमा क्लबले सहकार्य गर्ने र जनचेतनामूलक अभियानहरू चलाउने अध्यक्ष लामाले बताए ।
क्लब देउसीभैलो कार्यक्रम लिएर गाउँपालिकाकै वडा नम्बर ५का मुडेमा समेत पुगेको थियो । देउसीभैलोबाट जम्मा भएको आर्थिक क्लबले गाउँको सामाजिक कार्यमा खर्च गर्ने क्लबले जानकारी दिए ।